मंगलबार, ४ वैशाख २०८१

कारोबार रकमदेखि विनिमयदरसम्मको जानकारी दिने सिटी एक्सप्रेसको भाइबर सेवा सुरु

समयपोष्ट २०७४ मंसिर ८ गते ५:११

 पाँच हजार भन्दा बढी  एजेन्टमार्फत  रेमिटेन्स सेवा दिँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा सुरु गरेको छ ।

Advertisement

भाइवर सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट , कम्यूटर लगायतबाट रेमिटेन्स सेवाको जानकारी लिन सकिन्छ । 

भाइबरबाट पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।  यो सेवा कम्पनीका ग्राहक वाहेकले पनि प्रयोग गर्न सकिने बताइएको छ।

कम्पनीले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग रेमिटेन्स भुक्तानी सम्झौता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री