बिहीबार, १३ वैशाख २०८१

लक्ष्मी बैंकको साधारण सभाको मिति तय,१० प्रतिशत बोनस प्रस्ताव पारित हुने

समयपोष्ट २०७४ मंसिर ७ गते ७:४०

लक्ष्मी बैंकले मंसिर २८ गते साधारण सभा बोलाएको छ । प्रस्तावित  १० प्रतिशत बोनस प्रस्ताव पारित गर्नका लागि बैंकले मंसिर २८ गते साधारण सभा बोलाएको हो ।  साधारण सभाको लागि बैंकले मंसिर ११ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ ।  बैंकको साधारण सभाले कर प्रायोजनका लागि ०.५३ प्रतिशत नगद लाभांस समेत पारित गर्दैछ । 

Advertisement

बैंकले अघिल्लो आर्थिक वर्षको कमाईबाट १८.२९ प्रतिशत बोनस सेयर बितरण गरेको थियो । तर हालसम्म पनि उक्त सेयर नेप्सेमा सूचीकृत भएको छैन । अघिल्लो आर्थिक वर्षको बोनस हातमा नपरेका लगानीकर्ता भने बैंकको निर्णयबाट नचाहँदा नचाहँदै पनि १० प्रतिशत बोनस स्वीकार गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री