बढ्न थाल्यो सेयर बजार,नेप्से परिसुचक ८.०२ अंकले बृद्धि
समयपोष्ट
२०७४ मंसिर ६ गते ९:५०
बुधबार नेप्से परिसुचक ८.०२ अंकले बढेर १४८०.२६ विन्दुमा पुगेको छ । यसदिन १ सय ५९ कम्पनीका ९३ लाख कित्ता सेयर ३४ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् ।
आज साँग्रीला डिभलप्मेण्ट बैंकको संस्थापक सेयर सबैभन्दा बढी किनबेच भएको छ । आज फाईनान्स र अन्य समुह उपसुचक ०.१६ र ०.८६ अंकले घटेका छन् भने अन्य सबै उपसुचकहरु बढेका छन् ।
आज बाणिज्य बैंक समुह ७.६३, होटल समुह ३५.५६,विकास बैंक ६.७८,जलविद्युत २०.५१,बिमा ५५.७२, जलविद्युत समुह ६.ट अंकले बढेको छ ।
प्रतिक्रिया