बिहीबार, १३ वैशाख २०८१

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा ३ सय ५३ जना नियन्त्रणमा,अधिकांश विप्लवका कार्यकर्ता

समयपोष्ट २०७४ मंसिर ६ गते ८:३५

प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा प्रमुखलाई गृह मन्त्रालयमा डाकेर निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई प्रक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले देशभरबाट ३ सय ५३ जनालाई पक्राउ गरेको छ ।

Advertisement

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा ३ सय ५३ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको प्रहरीले खुलाएको छ ।  कास्कीमा मात्र निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले ९३ जनालाई नियन्त्रणमा लिएको छ।

देशभर उम्मेद्वारलाई लक्षित गर्दै बम आक्रमणका घटनामा चन्दको पार्टीको संलग्नता रहेको प्रहरीको आशंका छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री