शनिबार, ८ वैशाख २०८१

बिहान सडकमा हिँडिरहेको अवस्थामा दुई किशोरीमाथि एसिड आक्रमण

समयपोष्ट २०७४ मंसिर ६ गते ३:५४

अफगानिस्तानमा नागरिक समाजका अगुवाका छोरीहरूले आँफूहरू मङगलबार बिहान सडकमा हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले एसिडको प्रयोग गरी आक्रमण गरेको बताएका छन् । 

Advertisement

हेरात शहरका प्रहरी प्रवक्ता सैयद अहमद मोहम्मदीले किशोरीलाई उद्धृत गर्दै भने, “सडकमा हिँडीरहेका किशोरीमाथि मोटरसाइकलमा आएका दुई अपरिचित किशोरले एसिडको प्रयोग गरी आक्रमण गरेका थिए ।” 

याक्ता र फरेस्ता नाम गरेका दुई बहिनीलाई आक्रमण भएको दावीपछि घटनाबारे प्रहरीले छानवीन शुरु गरेको प्रहरी प्रवक्ता मोहम्मदीले बताए। 
उनले भने, “आक्रमणमा एसिडनै प्रयोग भएको थियो वा अन्य कुनै पदार्थको प्रयोग भएको हो भन्नेबारे अहिल्लै भन्न हतार नगरौँ । छानवीनपछि सवै बाहिर आउनेछ ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री