बिहीबार, १५ चैत २०८०

यसकारण नेपाली काँग्रेस बलियो हुनुपर्छ 

समयपोष्ट २०७४ मंसिर ६ गते ३:४५

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले राष्ट्रियता, लोकतन्त्र र शान्ति प्रक्रियालाई मजबुत बनाउन नेपाली काँग्रेस बलियो हुनुपर्ने बताएका छन् । 

Advertisement

निर्वाचन परिचालन समिति केन्द्रीय मतदान प्रशिक्षण समन्वय उपसमितिको आयोजनामा बुटवलमा भएको मतदान प्रशिक्षणमा उनले काँग्रेसको जनआधार र माहोल बनेको देखेकै कारण वाम गठबन्धन भएको हो भने। 

नेता खाँणले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३८ प्रतिशत सिटमा नेपाली काँग्रेसले जित्ने दाबी गर्दै बदर मत रोक्न सके यो संख्या बढ्ने जिकिर पनि गरे। 

प्रशिक्षणमा सहभागी ५ नम्बर प्रदेश अन्तर्गतका जिल्लाबाट सहभागी १७० जनालाई नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि अधिवक्ता अनिता शर्माले प्रशिक्षण दिलाएको केन्द्रीय मतदात प्रशिक्षण समन्वय उपसमितिका सदस्य कुलप्रसाद लामिछानेले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री