बिहीबार, ६ वैशाख २०८१

वर्ल्डलिंकले ५ एमबीपीएसको प्याकेजलाई १० एमबीपीएसमा रुपान्तर गर्ने,तीन महिने योजनामा यस्ता छन् छुट

समयपोष्ट २०७४ मंसिर ४ गते ६:३९

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘तीनको तड्का’ नामक अफर ल्याएको छ ।  तीन महिना सम्म लागू हुने यस योजनामा ग्राहकले भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्राप्त गर्न सक्नेछन् । 

Advertisement

तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशत सम्मको छुट प्रदान गर्ने, सबै प्याकेजका बार्षिक इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क नेट टिभीको सेवा प्रदान गर्ने तथा हालको ५ एमबीपीएसको प्याकेजलाई दोव्बर गरि १० एमबीपीएसको प्याकेजमा रुपान्तर गर्ने जनाएको छ ।    
 
पहिले देखिनै प्रदान गरिरहेको ५एमबीपीएसको सेवा चलाईरहेका ग्राहकहरुले यो योजना अन्तरगत स्वतः १० एमबीपीएसको सेवा पाउने छन् । 

५ एमबीपीएसको सेवा लिनचाहने ग्राहकहरुलाई बार्षिक रुपमा नयाँ सेवा जडान गर्दा १० एमबीपीएसको सेवा, योजना अन्तरगतको छुट सहित जडान खर्च, राउटर तथा फाईवर तारको शुल्क बुझाउन नपर्ने भएको छ साथै ३ महिनाका लागि निशुल्क नेट टिभी समेत समावेश गरेको छ ।

वल्र्डलिंकको २५ एमबीपीएसका प्याकेजको खरिदमा एक वर्षको भुक्तानी तथा नविकरण गर्दा प्याकेजमा छुटका साथै ६ महिनाको लागि निःशुल्क नेटटिभी को सेवा लिन सकिने छ, ५० एमबीपीएसको प्याकेजको खरिदमा बार्षिक भुक्तानी तथा नविकरण गर्दा १ बर्षकै लागि निशुल्क नेटटिभी तथा छुट समेतको योजना रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री