बिहीबार, २० फागुन २०७७

प्रहरीले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता धमाधम पक्रन थाल्यो

समयपोष्ट २०७४ मंसिर ४ गते ६:१५

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिए । 

Advertisement

चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थालेपछि चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई पक्राउ गरिएको उनले बताए । 

नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा चुनाव विरोधी अभियान थालेको छ । देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमणका घटनासमेत भएका छन् ।

Advertisement

चितवनमा शान्तिपूर्ण तवरले चुनावी अभियान सम्पन्न गर्न प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यक्रता पक्राउ गरेको जनाएको छ । यसअघि चितवन प्रहरीले टाँडी र भरतपुरबाट सोही पार्टीका दुई जनालाई नियन्त्रणमा लिएकोे थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री