शनिबार, २२ फागुन २०७७

प्रकाशको निधनले चितवनमा वाम र लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार स्थगित

समयपोष्ट २०७४ मंसिर ३ गते ५:३९

वाम र लोकतान्त्रिक गठबन्धनले चितवनमा चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित गरेका छन् । प्रचण्डपुत्र प्रकाश दाहालको निधनपछि वाम र लोकतान्त्रिक गठबन्धनले  चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित गरेका हुन् । 

Advertisement

माओवादी केन्द्र चितवनले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा आज चुनाव प्रचारको कार्यक्रम स्थगित भएको जनाएको छ । आज क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिकाको वडानम्बर ५ मा घरदैलो तथा प्रचार प्रसारको कार्यक्रम राखिएको थियो । आइतबार बिहान वडा नम्बर ५ कै विकास चोकमा कोणसभा आयोजना गरिए पनि प्रकाश दाहालको निधनको खबर पाएलगत्तै कार्यक्रम बीचमै स्थगित गरिएको छ । आगामी पाँच गतेको कार्यक्रम पनि स्थगित भएको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले पनि आज चितवन जिल्लाभर चुनाव प्रचार प्रसारको कार्यक्रम स्थगित गरेको  जनाएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् भने सोही क्षेत्रबाट राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डे प्रतिस्पर्धा गर्दैछन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री