बिहीबार, १३ वैशाख २०८१

नेपाल टेलिकमको खुद नाफा ४ अर्ब ५ करोड , गतबर्षको तुलनामा ९ करोड कम

समयपोष्ट २०७४ मंसिर १ गते ५:०२

नेपाल टेलिकमले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ४ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जून गतबर्षको यसैअवधिको तुलनामा ९ करोड कम हो । गत आवको सोही अवधिमा टेलिकमले ४ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

Advertisement

यसअवधिमा टेलिकमले ११ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गतबर्षको यही अवधिको तुलनामा ४७ करोड बढी हो । गत आवको सोही अवधिमा टेलिकमले ११ अर्ब ३६ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानी बढेपनि प्रशासनिक लगायतका अन्य खर्चहरु बढेपछि नाफामा कमी आएको हो । कम्पनीमा सरकारको ९१.४९ प्रतिशत, ४.४४ प्रतिशत सर्वसाधारण, ४.०४ प्रतिशत कर्मचारी र ०.०३ प्रतिशत नागरिक लगानीकोषको सेयर स्वामित्व रहेको छ ।

१५ अर्ब रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको प्रतिसेयर आम्दानी १०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६.२४ गुणा छ । कम्पनीको जगेडा कोषमा ८१ अर्ब रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री