शुक्रबार, १६ चैत २०८०

सेञ्चुरी कमर्सियल बैंकले ‘मल्टिपल करेन्सी कार्ड’ प्रयोगमा ल्यायो ,कार्डमा १६ देशको मुद्रा चल्ने

समयपोष्ट २०७४ कार्तिक २९ गते ९:२२

सेञ्चुरी कमर्सियल बैंकले 'मल्टिपल करेन्सी कार्ड' प्रयोगमा ल्याएको छ । बैंकले भारतको एक्सिस बैंकसँगको सहकार्यमा अमेरिकी डलरसँगै अन्य विदेशी मुद्रासमेत चल्ने नयाँ कार्ड प्रयोगमा ल्याएको हो । बुधबार पत्रकार सम्मेलन मार्फत बैंकले प्रयोगमा ल्याएको कार्डमा १६ देशको मुद्रा चल्ने जानकारी दिईयो  । बैंकका अनुसार नगद विदेशी मुद्राको अभाव भइरहेका बेला विश्वका १६ वटा मुद्राको काम एउटै कार्डले गर्ने भएकाले नेपालीलाई बाहिर जान कागजी नोटको समस्या पर्दैन । 

Advertisement

यस्तै बैंकले एक्सिस बैंकसँगकै सहकार्यमा भारतबाट नेपाल रेमिट्यान्स भित्र्याउने कार्यको औपचारिक शुरुवात गरेको छ । एक्सिस बैंकका ३५ सय शाखाबाट पठाएको पैसा नेपालको सेञ्चुरी बैंकबाट झिक्न सकिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री