शनिबार, ८ वैशाख २०८१

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा ,करोडौंको क्षति

समयपोष्ट २०७४ कार्तिक २९ गते ५:३२

मंगलबार साँझदेखि ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगो १६ घन्टापछि नियन्त्रणमा आएको छ । हिजो साँझ साढे ६ बजेदेखि आनन्द प्लाष्टिक उद्योगमा लागेको आगो बुधबार बिहान १० बजेपछि नियन्त्रणमा आएको हो ।  

Advertisement

प्लाष्टिक उद्योगको पर्खाल अग्लो भएका कारण अन्य उद्योगमा भने आगोले क्षति पुर्याउँन पाएन ।  भक्तपुर, ललितपुर ,काठमाडौंको दमकल साथै  नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टाली आगो नियन्त्रणका लागि रातभर खटिएका थिए । आगलागीका कारण करोडौंको क्षति भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री