शुक्रबार, ७ वैशाख २०८१

सेयर बजारमा हरियाली छायो,नेप्से १५.१४ अंकले बढ्यो

समयपोष्ट २०७४ कार्तिक २८ गते ९:२४

मंगलबार सेयर बजारमा हरियाली छाएको छ । आज सबै उपसुचकहरु हरिया भएका छन् । आज नेप्से परिसुचक १५.१४ अंकले बढेर १५१६.०२ विन्दुमा उग्लिएको छ । यसदिन १ सय ६५ कम्पनीका १८ लाख कित्ता सेयर ७५ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज चिलिमे जलविद्युत कम्पनीको सेयर सबैभन्दा बढी किनबेच भएको छ । 
आज बाणिज्य बैंक समुह उपसुचक २१.६१,ब्यापार समुह ०.८५,होटल समुह १०.७५,बिकास बैंक समुह २७.९५,जलविद्युत समुह ५५.३७,फाईनान्स ३.३४, बिमा ११२.७३, उत्पादनमुलक समुह ५६.७३, अन्य समुह ६.९४ र लघुवित्त समुह ५८.८५ अंकले बढेका छन् । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री