बिहीबार, ६ वैशाख २०८१

पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राई चढेको गाढीमा बम प्रहार

समयपोष्ट २०७४ कार्तिक २८ गते ५:२०

नेकपा एमालेका नेता एवं भोजपुर प्रदेशसभाका उम्मेद्वार शेरधन राईलाई लक्षित गरी बम प्रहार भएको छ । भोजपुर स्थित गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा उम्मेद्वार राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम प्रहार गरिएको हो । 

Advertisement

पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका राई सकुशल रहेका छन् भने अंगरक्षक प्रहरी सहायक निरीक्षक  डिल्ली देवकोटाको हातमा चोट लागेको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार बम कसले हान्यो भन्ने हालसम्म खुल्न सकेको छैन  । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री