बिहीबार, १३ वैशाख २०८१

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले कमायो खुद नाफा १६ करोड ४५ लाख

समयपोष्ट २०७४ कार्तिक २८ गते ४:५५

नेपाल क्रेडिट एण्ड कमर्स (एसिसि) बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड ४५ लाख ८३ हजार रुपैंया खुद नाफा आर्जन गरेको छ । गत बर्ष यसै अवधिमा बैंकको नाफा १२ करोड ९० लाख रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी २१ करोड २९ लाख रुपैयाँ छ। गत बर्ष यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी २४ करोड २४ लाख रुपैयाँ थियो।

Advertisement

गत वर्ष तीन अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ३४ करोड रुपैयाँ ऋण लागानी गरेको बैंकले ६१ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ८७ लाख रुपैयाँ ऋण लगानी गरेको छ।

बैंकले २३ करोड ११ लाख रुपैयाँ  राइट ब्याक गरेको छ । गत वर्ष बैंकले राइट ब्याक तीन करोड २३ लाख रुपैयाँ थियो। पहिलो तीन महिनामा बैंकको कर्मचारी तथा अन्य खर्च १२६ प्रतिशतले बढेको छ। गत वर्ष यस्तो खर्च ११ करोड ६१ लाख रुपैयाँ रहेकोमा अहिले २६ करोड ३६ लाख रुपैयाँ पुगेको छ। 

बैंकको चुक्ता पूँजी चार अर्ब ६७ करोड रुपैयाँ  छ ।  बैंकको जगेडा कोषमा दुर्इ अर्ब ७२ करोड रुपैयाँ जम्मा भएको छ। 

बैंकको पूँजी कोष अनुपात ११.६८ प्रतिशत छ। बैंकको खराब कर्जा एक आर्थिक वर्षमा ३.३३ प्रतिशतले बढेको छ। गत वर्ष ०.९६ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४.२९ प्रतिशत पुगेको छ। बैंकको प्रति शेयर आम्दानी १४ रुपैयाँ छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री