शुक्रबार, ७ वैशाख २०८१

‘सिएनएन हिरो’बाट सम्मानीत अनुराधा कोइराला कांग्रेस प्रवेश

समयपोष्ट २०७४ कार्तिक २६ गते १०:४५

‘सिएनएन हिरो’बाट सम्मानीत समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेस प्रवेश गरेकी छिन्। आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई बालुवाटारबाट पार्टी प्रवेश गराएका हुन्।

Advertisement

अनुराधा चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय छिन्। उनले माइती नेपाल नामक संस्थामार्फत बेचबिखन भएका चेलिबेटी उद्दार र सामाजिक पुर्नस्थापनाका लागि पनि काम गर्दै आएकी छिन्।

‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ कोइरालाले पार्टी प्रवेश पछि भनिन, ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’

कोइराला विगतमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा महिला तथा बालबालिका मन्त्री बनेकी थिइन्। पार्टी प्रवेशपछि कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताईन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री