शुक्रबार, १६ चैत २०८०

चिलिमे जलविद्युतको २५ प्रतिशत लाभांश पारित

समयपोष्ट २०७४ कार्तिक २६ गते ४:४१

चिलिमे जलविद्युत कम्पनीले गतबर्षको कमाईबाट सेयरधनीलाई नगद लाभांश तथा बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न साधारणसभाले १० प्रतिशत नगद लाभांस तथा १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । बोनसपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड पुग्नेछ ।

Advertisement

यसैगरी कम्पनीले चालु आर्थिक वषको पहिलो तीन महिनामा ३० करोड ९१ लाख खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक बर्षको यसै अवधिमा ३० करोड १३ लाख खुद आम्दानी गरेको थियो ।  नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५९ प्रतिशत बढी हो ।

विद्युत बिक्रीबाट ३६ करोड ९५ लाख कमाएको कम्पनीले संचालनखर्च कटाएर उक्त आम्दानी गरेको हो । तीन महिनाको अवधिमा चिलिमेले विद्युत बिक्रीबाट ३६ करोड आम्दानी गरेको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६४ लाख बढी हो ।

कम्पनीको चुक्तापूँजी ३ अर्ब ४४ करोड तथा जगेडा कोष ५ अर्ब २१ करोड रहेको छ । कम्पनीको मुनाफा बढेपनि प्रतिसेयर आम्दानीमा भने ह्रास आएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८६ पैसा कायम भएको छ । गतबर्ष प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ४५ पैसा थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री