बुधबार, १२ वैशाख २०८१

कर छली प्रकरणमा शर्मा , बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियार

समयपोष्ट २०७४ कार्तिक २३ गते ३:४५

कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ ।

Advertisement

शर्माले अख्तियारमा पेस गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा उनको २० करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखिएपछि उनीमाथि अनुसन्धान थालेको हो ।

अख्तियारले अनुसन्धानका शिलशिलामा बयानका लागि पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि बुधबार शर्माको घरमा सात दिने म्याद टाँस गरेको छ ।

अख्तियारले वडा सचिवको रोहवरमा बुढानीलकण्ठ नगरपालिका–३ रुद्रश्वेर मार्गस्थित उनको घरमा सात दिनभित्र उपस्थित हुने सूचना टाँसेको हो ।

म्याद टाँसका कारण निलम्बित सहसचिव शर्माले सात दिनभित्र अख्तियारमा उपस्थित भइसक्नु पर्छ । उपस्थित नभए अख्तियारले उनलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाउने जनाएको छ । राजधानी दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री