बिहीबार, १५ चैत २०८०

राप्ती हाइड्रोले १२ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने

समयपोष्ट २०७४ कार्तिक २१ गते ७:११

राप्ती हाइड्रो लिमिटेडले १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासनका लागि प्रक्रिया सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले आगामी मंसिर ३ गते  साधारणसभा  बोलाएको छ ।

Advertisement

कम्पनीले आयोजना प्रभावित रुकुमका स्थानियलाई १० र सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्कासन गर्ने छ ।

कम्पनीले यसअघि निष्कासन गरेको अग्राधिकार सेयरलाई समेत आईपीओमा परिणत गर्ने भएको छ । आईपीओमा परिणत गर्ने प्रस्ताव सभामा पेश हुने  छ ।

कम्पनीले रुकमको सिस्ने र भुमे गाउँपालिकामा ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजना निर्माण गर्दै छ ।  राप्तीमा सीईडीबी हाइड्रो फण्ड लिमिटेडको ९५ प्रतिशत स्वामित्व छ । आयोजना निर्माणमा कम्पनीले प्राइम कमर्शियल बैंक र सेन्चुरी कमर्शियल बैंकसंग ७० करोड ऋण लगानी सम्झौता गरिसकेको छ । कम्पनीको नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री