बिहीबार, १३ वैशाख २०८१

छैटौं ‘लडाइँ’ मा माओवादी भर: खनालाई प्रश्न ? युवालाई अवसर नदिएर किन आफैं उम्मेदवार बन्नुभयो ?

समयपोष्ट २०७४ कार्तिक २१ गते २:४८

युवालाई अवसर नदिएर किन आफैं उम्मेदवार बन्नुभयो ?’ यस्तो प्रश्न सुन्नेबित्तिकै एमाले वरिष्ठ नेता (पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री) झलनाथ खनाल मुस्काए । ‘म पनि त ६८ वर्षीय युवा हुँ,’ बुढ्यौली छोप्दै उनले ठट्यौली शैलीमा भने, ‘यो उमेरमा झन् सक्रिय हुन मन लाग्दोरहेछ ।’

Advertisement

खनालले फेरि उम्मेदवार बन्ने चाहना गरेपछि अन्य नेताले चुनाव लड्ने सपनै देखेनन् । उनी सर्वसम्मत उम्मेदवार भए । त्यसो त उनले युवालाई अघि बढाउन नचाहेका पनि होइनन् । जिल्लाका युवा नेताले नै आफैंलाई उठ्न जोड गरिदिएपछि के चाहियो ?

‘यस पटक युवालाई छाडौं भनेको, मान्दै मान्नुभएन, युवाले नै तपाईं उठ्नैपर्छ भन्नुभयो,’ खनालले छैटौं पटक प्रतिनिधिसभाका लागि टिकट लिँदाको अनुभव सुनाए ।

खनालले विगतमा जस्तो चुनौती यो निर्वाचनमा महसुस गरेका छैनन् ।माओवादी साथ पाएकाले उनी आफ्नो जितप्रति ढुक्क देखिन्छन् जति पहिले जितेका चुनावमा पनि हुँदैनथे । ‘विगतभन्दा यस पटक मतदाताले गहिरो माया दिनुभएको छ,’ फिक्कल नगरपालिका बौद्ध धाममा भेटिएका खनालले कान्तिपुुरसँग भने, ‘त्यसकारण मलाई झन् सहज भएको छ ।’ एमाले र माओवादीबीच चुनावी गठबन्धनबाट हौस्याएका छन् उनी ।

कांग्रेसका पुराना कार्यकर्ता भूपेन्द्र कट्टेलसँग प्रतिस्पर्धामा उत्रिएका खनालको यो प्रतिनिधिसभाका लागि छैटौं प्रतिस्पर्धा हो । इलाम १ बाट प्रतिनिधिसभामा उम्मेदवार भएका खनालले कार्यकर्ताको आरोप र गुनासो उत्तिकै झेलिरहेका छन् । तिनै गुनासालाई कांग्रेसका उम्मेदवारले मुद्दा बनाएका छन् । चार पटक जित, एक पटक हार बेहोरेकै क्षेत्रमा वाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री खनाल आफ्नो जितप्रति ढुक्क देखिन्छन्  । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री