शनिबार, ८ वैशाख २०८१

नमुना बिजनेस कलेजको रूपमा विकास गर्दै छौँ : केपी पन्त, प्रिन्सिपल, राजधानी मोडेल कलेज

समयपोष्ट २०७४ कार्तिक २० गते ३:४४

राजधानी कलेजले २०१३  सालबाट पोखरा विश्वविद्यालयसँग सम्बन्धन लिएर अहिले बी.बी.ए, बी.एच.एम. र एमबीए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । अहिलेसम्म हाम्रो एक व्याच मार्केटमा गइसकेको छ । हाम्रो बी.बी.ए.मा कुनै पनि वर्ष  सिट खाली रहेन । जहिले पनि हामीले यसलाई फुल क्यापासिटीमा सञ्चालन गर्न सफल भएका छौँ । यस वर्षको पहिलो व्याचको रिजल्ट आउँनै बाँकी छ । अहिलेसम्म सातौँ सेमेस्टरसम्म विद्यार्थीहरूले जस्तो नतिजा देखाए, त्यो अत्यन्त उत्कृष्ट छ । विश्वविद्यालयले हाम्रो व्याचलर्स लेबल पढाइको गुणस्तरलाई हेरेर नै एम.बी.ए. प्रोग्रामको सम्बन्धन दिएको हो । 

Advertisement

एम.बी.ए.को कार्यक्रमहरू पनि हामीले दुई व्याच लिइसकेका छौँ । त्यसको पनि राम्रो रेस्पोन्स आइरहेको छ । सँगसँगै यसै वर्षदेखि बी.एच.एम. पनि सञ्चालन गर्दै छौँ । नेपाल टुरजिम र हस्पिटालिटी इण्डष्ट्रीको हिसाबले राम्रो सम्भावना बोकेको मुलुक हो । त्यस हिसाबले पनि बी.एच.एम.ले राम्रो गति लिन्छ भन्ने आशा गरेका छौँ । राजधानी कलेजलाई पोखरा विश्वविद्यालयको केही सीमित र एक्स्कुल्सिभ म्यानेजमेण्ट कलेजको रूपमा हामीले विकास गर्न खोजिरहेका छौं । हामीले पढाइराखेका कार्यक्रमहरू आजको युग सुहाउँदो, बजारको माग सुहाउँदो र त्यो अनुसारको प्रोफेसनलहरू तयार गर्ने, रियल सेन्समा प्रोफेसनल व्याचलर्स डिग्री प्रोग्राम सञ्चालन गर्ने कार्यक्रमहरू छन् । बजारको मागबमोजिमका कार्यक्रम भएको र पृथक पहिचानसहितको बिजनेस कलेजको रूपमा यो अगाडि बढिरहेको भएर बिद्यार्थीहरूले यो कलेजलाई आफ्नो रोजाइमा पार्ने गरेका छन् । हामीले यसलाई नमुना बिजनेस कलेजको रूपमा विकास गर्न चाहेका हौँ । हामीले बजारको मागबमोजिका म्यानेजमेण्टका थप नयाँ विषयहरू, नयाँ करिकुलम बनाएर, थप विषयहरू इन्ट्रड्युस गर्ने योजना छ ।

विद्यार्थीहरूलाई मेरो सुझाव के छ भने कलेज छनोट गर्दा कुन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हो, कसले सञ्चालन गरेको कलेज हो र कस्ता विज्ञ प्राध्यापकबाट पठन–पाठन गरिन्छ, त्यो विश्वविद्यालयको पाठ्यक्रम कस्तो छ, यी सबै कुराहरूलाई ध्यान दिएर कलेज छनोट गर्न जरुरी हुन्छ । बजारमा थुप्रै विद्यार्थीहरूको आनो च्वाइसलाई इन्फुलियन्स गर्ने थुप्रै नेगेटिभ याक्टरहरू पनि छन् । ती फ्याक्टर्सहरूबाट जोगिएर र आफूले आफ्नो लागि सही कार्यक्रम, सही कलेज र सही विश्वविद्यालय छनोट गर्ने कुरामा चनाखो रहन आग्रह गर्दछु । छात्रवृत्ति लिन विदेशको भिजा लगाएर उड्ने र विदेशमा सुन फलेको छ जस्तो बुझेर उड्न आतुर विद्यार्थीहरूलाई कम्तीमा विदेश पढ्न जाँदा पूर्ण छात्रवृत्ति नपाई अथवा लहैलहैमा लागेर भिजा लाग्यो भन्दैमा उन्मादमा विदेश नजान आग्रह गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री