शनिबार, ८ वैशाख २०८१

नेपाल इन्भेष्टमेण्ट बैंकको खुद नाफा २०.८१ प्रतिशतले बढ्यो

समयपोष्ट २०७४ कार्तिक १७ गते ७:४८

नेपाल इन्भेष्टमेण्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८९ करोड ४९ लाख ९४ हजार रुपैंया खुद नाफा कमाएको छ ।  बैंकले गत आर्थिक वर्षको यसै अवधिमा ७४ करोड ८ लाख रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले २०.८१ प्रतिशतले खुद नाफा बढाएको हो ।

Advertisement

बैंकले समीक्षा अवधिमा एसलाई आफुमा विलय गरेर ८ अर्ब ७० करोड ६६ लाखको पूँजीलाई ९ अर्ब २४ करोड पुर्याएको थियो । उक्त पूँजीको १५ प्रतिशत बोनस बितरण गरेर अहिले बैंकले चुक्ता पूँजी १० अर्ब ६२ करोड ६४ लाख ३६ हजार रुपैंया पुर्याएको छ ।

समीक्षा अवधिमा बैंकको कमाई २०.८१ प्रतिशतले मात्र बढेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैंया तीन पैसा रहेकोमा यस पटक ३३ रुपैंया ६९ पैसा कायम भएको देखिन्छ ।

निक्षेप तथा कर्जा परिचालनको आकार बढाएर बैंकले खुद व्याज आम्दानी पनि बढाएको छ । व्याज खर्च बढ्दा व्याज आम्दानीक वृद्धिमा अवरोध देखिएको हो । कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको बैंकले राइट व्याकको आकार बढाएर कमाईको आकार वृद्धिमा टेवा पाएको छ ।

बैंकको निष्कृय कर्जाको अनुपात ०.७१ प्रतिशतबाट बढेर १.०४ प्रतिशत कायम भएको छ ।  समीक्षा अवधिमा  बैंकको जगेडा कोषको आकार ८ अर्ब ३२ करोड रुपैंयाबाट बढेर ८ अर्ब ९७ करोड रुपैंया पुगेको छ ।

बैंकले समीक्षा अवधिमा सिडी रेशियो ७८.६९ प्रतिशतबाट ७५.९२ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी १ सय ८४ रुपैंया ४७ पैसा छ भने मूल्य आम्दानी अनुपात १९.२९ गुणाले मात्र बढी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री