शुक्रबार, ७ वैशाख २०८१

एनएमबीको पनि नाफा बढ्यो, बैंकको खुद नाफा ४५ करोड

समयपोष्ट २०७४ कार्तिक १६ गते ७:१०

एनएमबी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड १३ लाख ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  बैंकले गत आर्थिक वर्षको यसै अवधिमा ३५ करोड ३६ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

Advertisement

बैंकको पूँजी समीक्षा अवधिमा ५ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २६ रुपैंया ५ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी अहिले २७ रुपैंया ९४ पैसा कायम भएको छ ।  बैंकको जगेडा कोषमा ४ अर्ब ६७ करोड रुपैयाँ सञ्चित छ ।  बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा घटेर  ६१ करोड ७० लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी ६३ करोड ३२ लाख रुपैयाँ थियो ।

बैकको निष्कृय कर्जा अनुपात १.८३ प्रतिशतबाट १.६७ प्रतिशतमा झरेको छ । बैकको सिसिडी ७७ प्रतिशतभन्दा माथि देखिन्छ भने मूल्य आम्दानी अनुपात १७.३६ गुणा बढी रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री