मंगलबार, ११ वैशाख २०८१

प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ क्षेत्रमा उम्मेदवारी मनोनयन आज

समयपोष्ट २०७४ कार्तिक १६ गते ५:०८

निर्वाचन आयोगको घोषित कार्यतालिका अनुसार बिहीबार ४५ जिल्लामा उम्मेदवारी दर्ता हुँदैछ । आगामी मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्येक्षतर्फको उम्मेदवारी मनोनयन हुन लागेको हो ।

Advertisement

४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र छ भने प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्र छन् । यसअघि कात्तिक ५ गते ३२ हिमाली जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ । यी जिल्लामा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन हुँदैछ ।

दोस्रो चरणअन्तर्गत एक नम्वर प्रदेशको इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा आज मनोनयन हुँदैछ । त्यसै गरी दुई नम्वर प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा आज मनोनयन हुँदैछ । पहिलो चरणमा दुई नम्वर प्रदेशका कुनै पनि जिल्लामा मनोनयन भएको थिएन् ।

त्यसबाहके तीन नम्वर प्रदेशका सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरमा पनि आज मनोनयन हुँदैछ । चार नम्वर प्रदेशका नवलपरासी पूर्व,  तनहुँ, कास्की, स्याङ्जा र पर्वतमा आज मनोनयन हुनेछ । पाँच नम्वर प्रदेशको नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दियामा मनोनय हुँदैछ । 

६ नम्वर प्रदेशको सल्यान, सुर्खेत र दैलेखमा मनोनयनको कार्यक्रम छ ।त्यसबाहेक सात नम्वर प्रदेशको कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र पश्चिमको डोटी जिल्लामा आज मनोनयन हुँदैछ । 

आज  निर्वाचन आयोगमा दर्ता भएका दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरुले कार्यालय समयभित्र उम्मेदवारी मनोनयन दर्ता गराउन सक्नेछन्  । 

निर्वाचन आयोगले जिल्लामा स्थापना गरेकाे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट दुवैतर्फका उम्मेदवारले  उम्मेदवारी दर्ता गराउन सक्ने प्रवन्ध मिलाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री