बिहीबार, १३ वैशाख २०८१

दलको चुनावी खर्च व्यवसायीको काँधमा: आयोगले निर्धारण गरेको रकम ‘हात्तीको मुखमा जिरा’

समयपोष्ट २०७४ कार्तिक १६ गते ३:३५

बेपरवाह खर्च गर्ने बानी बसालेका राजनीतिक दल र उम्मेदवारको चुनाव खर्च जुटाउने माध्यम सदा झैं यसपटक पनि निजी क्षेत्रका काँधमा आइपरेको छ ।

Advertisement

निर्वाचनको मुखमा राजनीतिक दल र उम्मेदवारले मनलाग्दी तरिकाले चन्दा संकलन गर्न थालेपछि उद्योगी, व्यवसायी त्रसित छन् ।

उद्योगी व्यवसायीका अनुसार कतिपय उम्मेदवारले फकाइफुल्याई चन्दा असुली गरिरहेका छन् ।

कतिपयले आफू विजयी भएपछि काम मिलाइदिने आश्वासन र प्रलोभनमा चन्दा असुली गरिरहेका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका व्यक्तिलाई २५ लाखसम्म र प्रदेश तहका उम्मेदवारलाई १५ लाख रुपैयाँसम्म खर्च गर्ने सीमा तोकेको छ ।

तर, अधिकांश उम्मेदवार उक्त निर्धारित खर्च हात्तीको मुखमा जिरा हुने भन्दै पैसा जुटाउने स्रोत निजी क्षेत्रलाई लिएको हाकाहाकी बताउँछन् ।

 नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री