शनिबार, ८ वैशाख २०८१

एउटा यस्तो प्रश्न जसले बनायो ऐश्वर्यालाई ‘विश्व सुन्दरी’

समयपोष्ट २०७६ मंसिर ३ गते १२:५५

Advertisement

बलिउडको चर्चित नाम हो ऐश्वर्या राय ।

जो सन् १९९४ की ‘मिस वल्र्ड’ समेत हुन् । ऐश्वर्यामा भएको उदारता र जागरुकता फैलाउने सोचका कारण नै उनी विश्व सुन्दरी बन्न सफल भएको उल्लेख गरिन्छ ।

ऐश्वर्याले विश्व सुन्दरी प्रतियोगितामा दिएको एक प्रश्नको जवाफ जसले उनलाई मिस वल्र्डको हकदार बनायो ।

उनलाई विश्व सुन्दरीमा हुनुपर्ने गुण के कस्ता हुन् भनेर सोधिएको थियो । उनले भनेकी थिइन्, ‘अहिलेसम्म जतिजना विश्व सुन्दरी देखेकी छुँ ति सबैमा दयाको भावना रहेको छ । उनीहरुमा ठूला बडाको लागि मात्र होइन बेसाहारा र केही नभएका गरिब दुखिहरुका लागि पनि उत्तिकै दया र माया थियो । जसमा मानिसले बताएको विभिन्न बाधा, बन्धन, राष्ट्रियता, रंगभेद र भेदभावलाई बिर्सेर दुनियाँ देख्न सक्छ त्यो मात्रै विश्वसुन्दरी बन्न सक्छ र एक असल मानिस ।।’

प्रतियोगिताको दौरान ८७ वटा देशका युवतीहरुले भाग लिएका थिए । उनले मनछुने जवाफ दिएर निर्णायकहरुको मन जितेकी थिइन् । २१ वर्षकी ऐश्वर्याले उक्त समयमा आर्किटेक्चरको पढाई गरिरहेकी थिइन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री