शनिबार, ८ वैशाख २०८१

इन्फ्रस्टक्चर बैङ्कले ८ अर्ब रुपैयाँको आइपिओ जारी गर्ने

समयपोष्ट २०७६ मंसिर ३ गते ११:४६

Advertisement

नेपाल इन्फ्रस्टक्चर बैङ्कले ८ अर्ब रुपैयाँको आइपिओ जारी गर्ने भएको छ ।

प्रतिकित्ता सय रुपैयाँ दरको ८ करोड कित्ता आइपिओ जारी गर्न लागेको हो । बैङ्कले यहि मंसिर २९ गते हुने साधारणसभामा आइपिओ निष्काशनको प्रस्ताव लैजादै छ । सभाले पारत गरेपछि आइपिओ निष्काशनका लागि नेपाल धितोपत्रबोर्डमा आवेदन दिने प्रक्रिया अघि बढ्नेछ ।

१२ अर्ब चुक्ता पुँजी रहेको बैङ्कको आइपिओ जारी पश्चात चुक्तापुँजी २० अर्ब पुग्नेछ । बैङ्कले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २० पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री