बिहीबार, १३ वैशाख २०८१

नेपाल बैंकका सेयरधनीहरुलाई २२ बर्षपछि लाभांश

समयपोष्ट २०७६ मंसिर २ गते १२:२४

Advertisement

नेपाल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २२ बर्षपछि लाभांश वितरण गर्ने भएको छ। बैंकको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ०७५/७६ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

बैंकले १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर समेतलाई ) गरी कुल २५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री