बिहीबार, १३ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकले हकप्रदमा अवितरित शेयर लिलामीमा राख्ने

समयपोष्ट २०७६ मंसिर २ गते १०:३६

Advertisement

मुक्तिनाथ विकास बैंकले हकप्रदमा अवितरित ४ लाख ३ हजार २२० कित्ता हकप्रद शेयर लिलामीमा राख्ने भएको छ ।

बैंकले ३ लाख ७०३ दशमलव ९३ कित्ता सर्वसाधारण र १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता संस्थापक शेयर हकप्रदमा अवितरित भएपछि मंसिर ८ गतेदेखि लिलामीमा राख्ने भएको हो ।

इच्छुक लगानीकर्ताले बैंकको लिलामीको शेयरमा मंसिर ८ गते देखि १५ गतेसम्म आवेदन गर्न सक्नेछन्। हकप्रदको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटललाई तोकिएको छ।

सो शेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरि न्यूनतम १०० कित्तादेखि बिक्रीमा ल्याइएको अधिकतम कित्तासम्मका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। खण्डित शेयरमा गरिएको आवेदन रद्ध हुनेछ भने संस्थापक शेयरका लागि विद्यमान संस्थापक शेयरधनी रहेकाले मात्र आवेदन गर्न पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री