मंगलबार, ११ वैशाख २०८१

प्रधानमन्त्री ओलीको तेस्रोपटक डायलसिस

समयपोष्ट २०७६ कार्तिक ३० गते १९:३४

Advertisement

धापासीस्थित ग्रान्डी प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रो पटक डायलसिस गरिएको छ । प्रधानमन्त्री ओलीको शनिबार तेस्रो पटक होमोडायलसिस गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ।

मिर्गौलामा राम्रोसँग काम नगरेपछि सोही अस्पतालमा यसअघि कात्तिक १३ गते प्रधानमन्त्री ओलीको पहिलो पटक डायलासिस गरिएको थियो । फेरि कात्तिक १४ गते दोस्रो डायलासिस गरिएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनी उपचारपछि शनिबार नै निवास फर्कने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री