शनिबार, ८ वैशाख २०८१

एनआईसी एशिया बैंकले शेयरधनीका लागि जारी गर्यो यस्तो सुचना

समयपोष्ट २०७६ कार्तिक २९ गते २०:५४

Advertisement

एनआईसी एशिया बैंकले शेयरधनीका लागि सूचना जारी गरेको छ। शुक्रबार जारी गरिएको सुचनामा विगत वर्षहरुमा बैंकले वितरण गरेको लाभांश रकम हालसम्म बुझि लिन बाँकी शेयरधनीलेसो लाभांश रकमको पूर्जी एनआईसी एशिया क्यापिटलबाट लिई आफ्नो खातामा जम्मा गर्न भनेको छ ।

लाभांश पूर्जी लिई सकेका शेयरधनीले समेत सो पूर्जी आफ्नो बैंक खातामा जम्मा गर्न बैंकले भनेको छ । लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

आ.व. २०७५÷७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनीको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले बैंकले जनाएको छ ।

बैंकले हाल ३१० शाखा, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री