शुक्रबार, १६ चैत २०८०

स्थानीय सरकारका निर्वाचित प्रतिनिधिहरुको परिचयात्मक भारत भ्रमण

समयपोष्ट २०७६ कार्तिक २९ गते १८:१९

Advertisement

नेपालमा भूकम्प पश्चातको पुनर्निर्माणमा भारत सरकारको प्रयास स्वरुप गोरखा जिल्लाका १६ निर्वाचित स्थानीय सरकारका प्रतिनिधिहरुका लागि युएनडिपी ले भारतमा २०७६ कात्र्तिक २६ देखि ३० गते सम्म परिचयात्मक भ्रमणको आयोजना गर्यो ।

“भुज भूकम्प पुनर्निर्माण अनुभव” बाट सिक्ने हेतु सो प्रतिनिधिहरुका लागि युएनडिपीको साझेदारको रुपमा रहेको ओडिआरसीले गुजरात र दिल्लीमा भ्रमण समन्वय गरेको हो । २ नगरपालिकाका मेयर÷उपमेयर तथा ६ गाउँपालिकाका वडा अध्यक्ष÷उपाध्यक्षहरु उक्त भ्रमणमा सहभागी भएका छन् ।

भारत भ्रमणका क्रममा भूजण्ड गुजरात सरकारका कार्यकारीहरुसँग प्रतिनिधिहरुले भेटघाट गर्नुका साथै भुज भूकम्प पश्चात अपनाइएका स्वनिर्माणका अभ्यासहरुको अवलोकन गर्नेछन् । दिल्लीमा प्रतिनिधिहरुले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणसँग अन्तरक्रिया गरी भारतको विपद् तयारी, पुनःस्थापना तथा अनुभवहरु बारे विस्तृत जानकारी लिनेछन् ।

गोरखा जिल्लाको २६,९१२ घरको पुनर्निर्माण गर्न भारत सरकारलले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारको स्वनिर्माणको अवधारणलाई मूर्त रुप दिन युएनडिपीले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।

विपद् व्यवस्थापन, पुनःस्थापना तथा प्रतिरोध सम्बन्धमा समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्घि गर्न मार्ग प्रशस्त गर्नेछ बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री