बुधबार, १२ वैशाख २०८१

नाचिरहेका बेला पारसले सोनिकालाई एक झापड हिर्काएपछि…

समयपोष्ट २०७६ कार्तिक २९ गते १५:४२

Advertisement

सोनिका रोकाया पछिल्लो समय पूर्वयुवराज पारस शाहसँग देखिन्छिन्, काठमाडौंदेखि पोखरासम्म, नाइट क्लबदेखि हेलकप्टरसम्म । बेलाबेलामा उनीहरूका तस्वीर तथा भिडियो पनि भाइरल हुन्छन् । आखिर कसरी पारससम्म पुगिन् त सोनिका ? त्यसको पनि अलग्गै किस्सा छ ।

पूर्व राजपरिवार कहिले त्रिसरा त कहिले किङ लाउञ्जमा झुल्किरहन्छ । लिक्युइड लाउञ्जको सञ्चालक भएपछि सोनिकालाई रोयल फेमिलीलाई आफ्नो लाउञ्जमा भित्र्याउने हुटहुटी चल्न थाल्यो । किंग्स लाउञ्जमा पूर्वराजा ज्ञानेन्द्र परिवारसहित देखिएपछि सोनिका थामिनै सकिनन् । उनले फटाफट फेसबूकमा पूर्वयुवराज पारस शाह सर्च गरिन् ।

पारसका दर्जनौं एकाउन्टमध्ये एउटामा म्यासेज लेखिन्, ‘म विजनेस पर्सनालिटीर भिजे हुँ, मेरो दरबारमार्गमा आफ्नै लाउञ्ज छ । आइ वुल्ड लाइक टु वेलकम यु आवर लाउञ्ज । इफ पोसिबल प्लिज कम । पारसको फेसबूकबाट रिप्लाइ आयो, ‘ओके ।’ तर, पारसका नाममा फेसबूकमा दर्जनौं एकाउन्ट छन् । सोनिकाको आश त जाग्यो तर भर पर्न सकिनन् ।

‘त्यसभन्दा अघि मैले पारस सरकार को हो भनेर चिनेकी पनि थिइनँ । यो भाग्यको खेल हो ?’ उनी भाग्यप्रति अनुग्रहित देखिइन्, तर पनि सोनिकालाई पूर्णविश्वास भने अझै भएन । तैपनि उनी पहिलोपटक पारसलाई देखाउनकै लागि सिल्क साडीमा सजिइन् ।

‘सरकारका अगाडि पर्न कस्तो साडी लगाउनुपर्छ भनेर निकै खोजेर बाइ हार्ट मैले सिल्क साडी लगाएँ,’ उनले भनिन्, ‘छोटा पहिरनमा रमाउने सोनिका फेरि पूजामा रूपान्तरण हुनुको कारण पनि यही हो ।

सोनिकाको वास्तविक नाम पूजा रोकाया हो । पारस उनको लाउञ्जमा पुग्नुअघि अननोन नम्बरबाट कल आयो, ‘हामी हिँड्यौं ।’

मेकअप र साडीमा सजिएकी सोनिका फूल लिएर स्वागत गर्न उभिइन् । स्वागत गरिसकेपछि बल्ल सोनिकालाई अन्धकारमा हानेको तीर सही ठाउँमा लागेको विश्वास भयो ।

पारस पनि बुढानीलकण्ठमा पढेका, सोनिकाको पाँच वर्ष पनि त्यहीँ बितेका । दुवैका धेरै कुरा मिल्न थाले । कुन हाउसमा बसेको, क्याप्टेन भयौ–भएनौ, यस्तै–यस्तै ।

‘हि लभ्स माइ कम्पनी,’ सोनिका भन्छिन्, ‘म एकदम जोली क्यारेक्टर, सबैसँग मिल्न सक्छु ।’ त्यो दिन पारस जुस र खाना खाएर फर्किएको उनले बताइन् ।

 

‘आई विस्ड टु मिट हिम अगेन,’ सोनिकाले भनिन्, ‘म त अलि हरामी क्यारेक्टर ।’ सोनिकाले पारसलाई भनिन्, ‘आई वान्ट टु मिट यु अगेन ।’

‘ओके लेट्स मिट अन्नपूर्ण,’ पारसले जवाफ फर्काए । यति धेरै मानिसको भीडमा पारसले आफ्नो अनुरोध स्वीकार गर्नुलाई नै ठूलो भाग्य मान्छिन्, उनी ।

अन्नपूर्णमा भेटेको कुरा त बजारमा गसिप बन्न थालिहाल्यो । त्यो गसिपपछि केही समयसम्म दुवै नबोलेको उनी बताउँछिन् । त्यसपछि अर्को भेटका लागि पारसले नै आग्रह गरे, ‘लेट्स मिट अगेन ।’ बाक्लिँदो भेटघाटले मेलमिलाप पनि बढायो । लिक्युइडमा सोनिका वाइल्ड रूपमा प्रस्तुत हुन्थिन् । झ्याप्प केटाहरू समात्ने, मस्तसँग डान्स गर्ने ।

सोनिकाको होहल्ला गर्ने बानी र वाइल्ड छवि पारसलाई मन परेनछ । एक दिन नाचिरहेका बेला लिक्युइडमै पारसले सोनिकालाई एक झापड हिर्काए ।

पारसको क्रोध सोनिकामाथि बर्सिएपछि रौनकमा डुबेको लाउञ्ज शान्त भयो । पारस भने फटाफट निस्किएर आफ्नो बाटो लागे । त्यसयता पारसको संगतले आफूमा धेरै परिवर्तन आउन थालेको सोनिका बताउँछिन् ।

पारसले सम्झाएपछि सोनिका वर्षौंपछि मनैदेखि दशैं मनाउन घर गइन् । जब घर पुगिन्, उनलाई पैसाभन्दा ठूलो कर्म रहेछ भन्ने महसूस हुन थाल्यो ।

पारसबारे सोनिका भन्छिन्, ‘उहाँ मेरो गुरुका रूपमा पनि आउनुभएको छ, एकदमै मिल्ने साथीका रूपमा पनि आउनुभएको छ, अभिभावकजस्तो पनि हुनुहुन्छ । म यसको सबै क्रेडिट भगवानलाई दिन चाहन्छु ।’ यो खबर साप्ताहिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री