बिहीबार, १३ वैशाख २०८१

नेपाल बंगलादेश बैंकको नाफा ३३ प्रतिशतले बढ्यो

समयपोष्ट २०७६ कार्तिक २९ गते १३:१९

Advertisement

नेपाल बंगलादेश बैंकको नाफा ३३.३२ प्रतिशतले बढेको छ । बैंकले पहिलो तीन महिनामा ४० करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा बैंकले ३० करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

बैंकले ४० करोड २५ लाख खुद मुनाफा आर्जन गरेपनि उसको वितरणयोग्य नाफा भने १४ करोड ८६ लाख रुपैयाँ छ। एनएफआरएस अन्तर्गत बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि २५ करोड ३८ लाख ८५ हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफामा कमी आएको हो।

यस अवधिमा बैंकले ५८ अर्ब ३७ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैंकले मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी ७४ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ। यसअवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ छ भने बैंकको जगेडा कोषमा तीन अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ। त्यस्तै यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९१ पैसा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात १०.२५ गुणा रहेको छ।

त्यस्तै यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.४२ प्रतिशतले बढेर १.९७ प्रतिशत पुगेको छ भने बैंकको आधारदर १०.२० प्रतिशतबाट झरेर ९.८७ प्रतिशत र कर्जा निक्षेप आम्दानी ७५.७३ प्रतिशत रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री