बुधबार, १२ वैशाख २०८१

१४.१० प्रतिशतले घट्यो सिभिल बैंककाे नाफा

समयपोष्ट २०७६ कार्तिक २९ गते १३:१७

Advertisement

सिभिल बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमाशमा १५ करोड ८९ लाख रुपैयाँ नाफा गरेको छ ।

बैंकको नाफा १४.१० प्रतिशतले घटेको हो । बैंकको खुद व्याज आम्दानी २.८१ प्रतिशलते बढेर ६० करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ। व्यावसाय सुधार गर्न नसक्दा बैंकको निक्षेप संकलन भन्दा कर्जा लगानी धेरै छ।

बैंकले तीन महिनाको अवधिमा ४२ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरि ४४ अर्ब १८ कर्जा विस्तार गरेको छ। गत असारसम्ममा ४१ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरि ४२ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

पुँजीकोष १७.१८ प्रतिशत रहेको छ। खराव कर्जा २.९३ प्रतिशत छ। आधार व्याजदर थप बढेर ११.११ प्रतिशत पुर्याएको छ। स्प्रेडदर बढेर ४.६४ प्रतिशत छ। प्रतिशेयर आम्दानी ९ रुपैयाँबाट ७ रुपैयाँमा खुम्चिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री