शुक्रबार, १६ चैत २०८०

कुमारी बैंकको नाफा ४० करोड

समयपोष्ट २०७६ कार्तिक २९ गते ११:१४

Advertisement

कुमारी बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४० करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

बैंकले गत वर्षको भन्दा १४.२४ प्रतिशतले नाफामा सुधार गरेको हो ।

बैंकको निक्षेप संकलन ६.९६ प्रतिशत र कर्जा लगानी ५.७९ प्रतिशतले बढ्दा खुद व्याज आम्दानीमा १२.३४ प्रतिशतले सुधार आएको छ। खुद व्याज आम्दानी ९१ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा ८१ करोड ७६ लाख रुपैयाँ थियो।

असारदेखि असोजसम्मको अवधिमा ७८ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको सोही अवधिमा ७१ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब एक करोड रुपैयाँ लगानी गरेको थियो।

पुँजीकोष अनुपात ११.५७ प्रतिशत छ। खराव कर्जामा केही सुधार भइ १.०५ प्रतिशतमा झारेको छ। स्प्रेडदर पुरानै विधि अनुसार ३.७५ प्रतिशत छ। बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री