शुक्रबार, १६ चैत २०८०

हिमालयन बैंकको नाफा ६.८६ प्रतिशतले वृद्धि

समयपोष्ट २०७६ कार्तिक २९ गते ११:०८

Advertisement

हिमालयन बैंकले गत बर्षको पहिलो त्रैमासको तुलनामा ६.८६ प्रतिशतले नाफा वृद्धि गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६९ करोड ४२ लाख २२ हजार नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६४ करोड ९६ लाख ५८ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १९ करोड ८८ लाख ४१ हजार मात्रै रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ५.५७ प्रतिशतले वृद्धि गर्दै १ खर्ब १५ अर्ब ४८ करोड ३ लाख ९२ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ९ अर्ब ३८ करोड ७० लाख ६० हजार निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ५.४० प्रतिशतले वृद्धि गर्दै ९७ अर्ब ७० करोड ६८ लाख १ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९२ अर्ब ६९ करोड ७३ लाख १८ हजार कर्जा लगानी गरेको थियो ।

८ अर्ब ५२ करोड २ लाख ५५ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ५ अर्ब ७९ करोड ५० लाख ६० हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले १ अर्ब ३१ करोड ८८ लाख ७९ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ०.४६ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ३१ करोड २८ लाख ४ हजार हजार खुद ब्याज आम्दानी गरेको थियो ।

अन्य बैंकसँग लगानीयोग्य रकमको अभाव बढ्दै गर्दा बैंकसँग तरलता रहेको देखिन्छ । बैंकको सिसिडि रेसियो ७४.९८ प्रतिशत मात्रै रहेको छ । यस अवधिमा वार्षिक प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ५९ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ९५ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै पुँजीकोष अनुपात १४.०८ प्रतिशत, खराब १.१६ प्रतिशत, आधार ब्याजदर ८.९३ प्रतिशत, कोषको लागत ६.४२ प्रतिशत र ब्याजदर अन्तर (स्प्रड रेट) ५.३६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री