बिहीबार, १३ वैशाख २०८१

सेञ्चुरी बैंकको नाफा ३७ करोड ८ लाख

समयपोष्ट २०७६ कार्तिक २९ गते ११:०४

Advertisement

सेञ्चुरी बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा ३७ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। बैंकले गत बर्षको तुलनामा ९ करोड ६८ लाख रुपैयाँले नाफा बृद्धि गरेको हो ।

बैंकले खुद व्याज आम्दानी ११.४६ प्रतिशतले सुधार गर्दै तीन असोजसम्ममा ७८ करोड चार लाख रुपैयाँ आर्जन गरेको छ। असार यता निक्षेप संकलन १.६० प्रतिशतले बढेको छ भने कर्जा विस्तार २.८२ प्रतिशत छ।

तीन महिनाको अवधिमा ६१ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ जम्मा गरेको छ।

पुँजीकोष अनुपात १३.९७ प्रतिशत छ। खराब कर्जा अस्वाभाविक रुपमा बढेको छ। गत वर्ष ०.८२ प्रतिशत रहेको खराव कर्जा यस वर्ष बढेर २.४७ प्रतिशत छ। प्रतिशेयर आम्दानी १३ रुपैयाँबाट १७ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री