मंगलबार, ११ वैशाख २०८१

एनएमबि बैंकको नाफा ४८.०५ प्रतिशलते बृद्धि

समयपोष्ट २०७६ कार्तिक २९ गते १०:५७

Advertisement

एनएमबि बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८१ करोड ५१ लाख ३६ हजार रुपैयाँ नाफा गरेको छ। बैंकले प्रथम त्रैमासमा ४८.०५ प्रतिशलते नाफा बढाएको हो ।

निक्षेप र कर्जा लगानीमा सन्तुलन कायम गरेको बैंकले खुद व्याज आम्दानी २५ प्रतिशतले बढाएको छ। तीन महिनाको अवधिमा बैंकले एक अर्ब २२ करोड रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल बैंकले गत वर्ष ९७ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको थियो।

असार यता निक्षेप संकलन २४.६४ प्रतिशतले निक्षेप बढाउदा कर्जा विस्तार पनि २४.७७ प्रतिशतले बढाएको छ। तीन महिनाको अवधिमा एक अर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

११ अर्ब ५२ करोड ९७ लाख ४२ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६९ करोड ९९ लाख २६ हजार रुपैयाँ छ ।

बैंकको सिसिडि रेसियो ७७.२७ प्रतिशत रहेको छ । यस अवधिमा वार्षिक प्रतिशेयर आम्दानी २८ रुपैयाँ २८ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ८२ रुपैयाँ ४० पैसा रहेको छ । बैंकको आधार ब्याजदर १०.३३ प्रतिशत र कोषको लागत ७.११ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री