शुक्रबार, १६ चैत २०८०

माछापुच्छ्रे बैंकको नाफा ३७ करोड ६० लाख

समयपोष्ट २०७६ कार्तिक २९ गते १०:५२

Advertisement

माछापुच्छ्रे बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा ३७ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

गत आर्थिक बर्षको तुलनामा बैंकको नाफा १.१६ प्रतिशतले बढी हो ।

बैंकको निक्षेप ७.१३ प्रतिशतले बढेकोछ। कर्जा प्रवाह ११.३७ प्रतिशतले बढेको छ। बैंकले ९१ अर्ब २७ करोड निक्षेप संकलन गरि ८६ अर्ब ६३ करोड कर्जा प्रवाह गरेको छ। बैंकले खुद ब्याज आम्दानी ९५ करोड २४ लाख आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८४ करोड २५ लाख थियो।

बैंकको चुक्तापुँजी ८ अर्ब ४५ करोड छ भने जगेडा कोषमा २ अर्ब २५ करोड रहेको छ ।

यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.४७ प्रतिशतबाट झरेर ०.३१ प्रतिशतमा पुगेको छ । त्यस्तै प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा, नेटवर्थ प्रति सेयर १२६ रुपैयाँ ६४ पैसा र मुल्य आम्दानीको अनुपात १२.६० गुणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री