मंगलबार, ११ वैशाख २०८१

नेपाली भूमि अतिक्रमणको समाचार लेख्ने मिडियालाई चीनियाँ दूताबासको धम्कीपूर्ण बिज्ञप्ती

समयपोष्ट २०७६ कार्तिक २८ गते २०:४५

Advertisement

चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै काठमाडौं लगायत देशका मुख्य शहरहरुमा चीन बिरुद्ध आन्दोलन भैरहेका बेला चीनीयाँ दूताबासले नेपाली मिडियालाई धम्कीपूर्ण भाषामा बिज्ञप्ती जारी गरेको छ ।

नेपालमा चीन बिरोधी आन्दोलनको समाचार लेख्ने मिडियालाई उसले गैर–जिम्मेवार भन्दै ती मिडियालाई ध्यान दिंदै आएको बताएको छ ।

‘हामीले केही गैर–जिम्मेवार सञ्चारमाध्यम र फरक समूहहरुमाथि ध्यान दिँदै आएका छौँ, जो चीनले नेपाली भूमिको पनि अतिक्रमण गरेको दाबी गरिरहेका छन् ।’ दूताबासले भनेको छ ।

चीनद्धारा नेपाली भुमि अतिक्रमण गरिएको भन्दै सोमबार युवाहरुले सप्तरीको राजविराज, बर्दियाको गुलरियामा चीनविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुले चिनियाँ राष्ट्रपति सी  जिङ फिनको पुत्ला समेत दहन गरेका थिए । यस्तै बुधवार काठमाडौंको ठमेल मै अतिक्रमणको विरोधमा व्यानर तथा प्लेकार्ड प्रदर्शन गर्दै र्‍याली निकालिएको थियो ।

एक तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको छ । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको भूमि मिचेको छ ।

यो पनि पढ्नुहोस्

नेपालको भूमि अतिक्रमणको बिरोधमा चीनविरुद्ध चर्कियो आन्दोलन, चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

प्रतिक्रिया

सम्बन्धित सामाग्री