शुक्रबार, १६ चैत २०८०

सन्दीपको ६ करोडको घरमा सरकारको गड्यो आँखा, लामिछाने लफडामा पर्ने संकेत

समयपोष्ट २०७६ कार्तिक २८ गते १४:२३

Advertisement

केही दिनअघि बुढानिलकण्ठमा छ करोडमा घर खरिद गरेको समाचार बाहिरिएपछि आन्तरिक राजस्व विभागले नेपाली क्रिकेटर सन्दीप लामिछानेको सम्पत्तिमाथि छानविन गर्न थालेको छ

आयको तुलनामा निकै थोरै मात्र कर तिरेको पाइएपछि छानविन गर्न थालिएको बताइएको छ । सन्दीपले पछिल्लो एक वर्षमै दुई करोड भन्दा धेरै कमाएका छन् । त्यसको करिब ४० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

गत वर्ष क्यानाडा र बंगलादेश प्रिमियर लिगमा भएको ग्लोबल टी–२० बाट मात्र १२० हजार अमेरिकी डलर कमाएका थिए । पाकिस्तान र क्यारेबियन प्रिमियर लिगहरुमा ५० हजार र ७० हजार डलर लिएका थिए । आईपिएलमा २० लाख लिएका थिए ।

यो वर्ष उनको कमाई तीन करोड नाघ्ने देखिएको छ । टी टेनदेखि अष्ट्रेलियाको बिग ब्यास तथा इंल्याण्डको प्रतियोगितामा छानिएका छन् । इंल्याण्डमा हुने नयाँ फम्र्याटको खेल द हन्ड्रेड बलमा उनी एक लाख पाउण्डमा अनुबन्धित छन् ।

टी– १० लिगमा उनी ४५ हजार डलरमा बिकेका छन् । बिग ब्यासमा पनि करिब ७० हजार डलर पाउने बताइएको छ । यो वर्ष पनि आईपिएल खेल्ने उनको सम्भावना छ । विभिन्न कम्पनीको ब्राण्ड एम्बेसडर, क्यानबाट तलबसहित उनको कमाई तीन करोड पुग्ने छ ।

आन्तरिक राजस्व विभागले यदि उनको कमाई धेरै देखियो र कर थोरै तिरेको देखियो भने सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री