शुक्रबार, १४ वैशाख २०८१

बिरामी भइन् दीपिका, आखिर के भयो ?

समयपोष्ट २०७६ कार्तिक २८ गते १३:१०

Advertisement

बलिउड अभिनेत्री दीपिका पादुकोन बिरामी परेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफू बिरामी भएको कुरा खुलाएकी हुन् ।

उनी केहि दिन अगाडि आफ्नी साथी उर्वशीको विवाहमा बंगलोरमा थिइन् । उनले केही फोटो र भिडियो सेयर गर्दै विवाहमा गरेको मस्तीका कारण विरामी भएको बताएकी छिन् ।

तस्बिरमा दीपिकाको आँखा सुन्निएको देखिन्छ । उनले फोटोमा थर्मोमिटर पनि इन्सर्ट गरेर राखेकी छिन् । तस्बिरसँगै ‘जब साथीको विवाहमा भरपूर मनोरञ्जन गरिन्छ’ भनेर लेखेकी छिन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री