शुक्रबार, ७ वैशाख २०८१

डाक्टरसंग विवाह गर्दै नायिका शर्मा

समयपोष्ट २०७६ कार्तिक २८ गते १२:५०

Advertisement

नायिका आँचल शर्माले विवाह गर्ने भएकी छिन् । आँचलले डा.उदीप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् ।

एक वर्षदेखि उदीपको प्रेममा रहेकी आँचल अहिले प्रेमका विषयमा समेत खुल्न थालेकी छन् ।

उनले उदीपको तारिफ गरेर नथाकेका भिडियो अन्तवार्ता अहिले युट्युवमा जताततै भेट्न सकिन्छ । उक्त अन्तर्वार्तामा उनले विवाहको बिषयमा पनि बताएकी छन् । एक कुराकानीमा उनले भनेकी छन्,‘अहिले नै विवाहको मिति तय भैसकेको छैन । तर, यो वर्ष कट्ने सम्भावना कम छ ।’

प्रेमी उदीपसँगको सल्लाह र दुवैतर्फका परिवारको चाहना अनुसार आफुहरू वैवाहिक सम्बन्धमा बाँधिन आँचलले बताउदै आएकी छिन् । आँचलको नजिकका साथीका अनसार उनले मंसिरमै बिवाह गर्दैछिन् । तर यस बिषयमा भने आँचलले केही बोलेकी छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री