शुक्रबार, १६ चैत २०८०

वाणी कपुर राम नामको बिकिनीमा देखिएपछि….

समयपोष्ट २०७६ कार्तिक २८ गते १२:४२

Advertisement

 

बलिउड नायिका वाणी कपुरले हालै आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरिन् । उक्त तस्विरमा उनी राम नाम लेखिएको बिकिनीमा देखिएकी थिइन् । जुन देखेर मानिसहरु भड्किए र उनलाई ट्रोल गर्न थाले । उनको यो ड्रेस मानिसहरुलाई मन परेन र उनीहरुले वाणीलाई सोसल मिडियामा ट्रोल गरे ।

कति प्रयोगकर्ताले वाणी कपुरद्वारा राम नाम लेखिएको ड्रेस लगाएकोमा विरोध जताउँदै यसले उनीहरुको आर्थिक भावनालाई आहत पुर्याएको बताएका छन् ।

यस्तै, अन्य प्रयोगकर्ताले लेखे, ‘वाणी कपुरले हाम्रो श्री रामसँग जुन भद्दा मजाक गरेकी छिन्, त्यसका लागि उनले कानूनी सजाय पाउनुपर्छ ता कि भविष्यमा कसैले पनि यस्तो गर्न नसकोस् ।’

कतिले मुम्बई पुलिसलाई ट्याग गरेर वाणीविरुद्ध कारवाही गर्न मागसम्म गरेका छन् ।

अत्यधिक ट्रोल भएपछि वाणी कपुरले अब यो फोटो अकाउन्टबाट हटाएकी छिन् । यद्यपि, कतिले वाणीको फोटोको तारिफ पनि गरेका छन् ।

यस्ता छन् ट्विट

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री