शनिबार, ८ वैशाख २०८१

विर्तामोडमा बिमा संस्थानको बीमा अभिकर्ता तालिम कार्यक्रम सम्पन्न

समयपोष्ट २०७६ कार्तिक २८ गते १२:२१

Advertisement

राष्ट्रिय बिमा संस्थानले विर्तामोडमा जीवन बीमा अभिकर्ताको आधारभुत तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कार्तिक २४ देखि २६ गतेसम्म आयोजित उक्त कार्यक्रममा बीमाको महत्व, सिद्धान्त र प्रकारहरु,बीमा सम्बन्‍धी हाल नेपलमा लागु भएका एन, नियमावली तथा विनियमहरु,राष्ट्रिय बीमा संस्थानमा प्रचलित बीमालेखहरु,राष्ट्रिय बीमा संस्थानमा कार्यरत अभिकर्ताहरुको सेवा तथा सुविधाहरु,बीमा बजारीकरण र अभिकर्ताको व्यवसाय बृद्धिका तरिकाहरु बारे जानकारी दिइयो ।

देशभर अभिकर्ताहरुको संख्यामा बृद्धि गर्ने कार्यमा अघि बडेको संस्थानले पुर्वको बीमा बजार विस्तार गर्नको लागि यो तालिम संचालन गरेको हो । पुर्ण रुपमा संचालनमा रहेका आफ्ना बिभिन्‍न शाखाहरु मार्फत देशभर जीवन बीमा सेवा प्रदान गर्दै आएको संस्थानको भावी कार्यदिशाको विषयमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानको सहभागिहरुलाई प्रशिक्षित गराए ।

हाल संस्थानले सावधिक जीवन बीमा, बालबच्चाको शिक्षा तथा विवाह जीवन बीमालेख, बालउमङ्ग जीवन बीमा, जीवन साथी जीवन बीमा , जीवन सुरक्षा जीवन बीमा जस्ता बिभिन्‍न बीमालेखहरु बीक्रि गरिरहेको छ। जन्मेदेखि ६५ बर्षसम्म जुनसुकै उमेर समुहको जीवन बीमा संस्थानमा गर्न सकिने कुरा संस्थानले दावि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री