बिहीबार, १३ वैशाख २०८१

नेशनल लाईफ इन्स्योरेन्सद्धारा मृत्यु बिमा दावी भुक्तानी

समयपोष्ट २०७६ कार्तिक २८ गते १०:५२

Advertisement

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु बिमा दावी भुक्तानी गरेको छ । बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आज एक कार्यक्रम आयोजना गरी स्व. सुचिता खनालको मृत्यु बिमा दावी भुक्तानी गरेको हो ।

स्व.सुचिता खनालले ३ वर्ष अघि ५० लाखको जीवन बिमा गरेकोमा वोनस सहित ६२ लाख २० हजार रुपैयँ रकम बिमा दावी वापत भुक्तानी भएको हो ।

उक्त रकम कम्पनीको कार्यकारी प्रमुखले स्व.सुचिता खनालको श्रीमान रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे । कार्यक्रममा उक्त दावी छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि यथाशिघ्र फर्छौट गरिएको कार्यकारी प्रमुखले वताए ।

रामेश्वर प्रसाद खनालले बिमा दावी सहज र शिघ्र तरिकाले भुक्तानी भएकोमा ब्यवस्थापनलाई धन्यवाद दिए । बिमित श्रीमती खनालको उपचारको क्रममा गत असोज २१ गते मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री