शुक्रबार, ७ वैशाख २०८१

प्राइम लाइफको खुद बीमा शुल्क ७५ करोड ७५ लाख

समयपोष्ट २०७६ कार्तिक २७ गते १२:५२

Advertisement

प्राइम लाइफ इन्स्योरेन्स ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७५ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो बीमा शुल्क गत वर्षको यहि अवधिको तुलनामा १४ करोड ३२ लाख रुपैयाँले बढी हो।

गत आवको पहिलो त्रैमासमा इन्स्योरेन्सले ६१ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट २० करोड २० लाख रुपैयाँ र बीमालेख धितोमा ९९ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरी २ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा इन्स्योरेन्सले १० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको तुलनामा यो नाफा ३ करोड २२ लाख रुपैयाँले बढी हो। गत आवको पहिलो त्रैमासमा ६ करोड ८० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

आर्थिक वर्ष २०७३/७४ मा शेयरधनीलाई १२.५० प्रतिशत बोनस वितरण गरेको इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार न्यूनतम चुक्ता पूँजी कायम गरेको छ। बोनस वितरणपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ७९ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको जगेडा कोषमा एक अर्ब ३ करोड, जीवन बीमा कोषमा ९ अर्ब ५१ करोड र महाबिपत्ती कोषमा १२ करोड ६६ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले कूल १६ लाख ८७ हजार ५३६ वटा बीमालेख जारी गरी हालसम्म १५ अर्ब ९१ करोड ४० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीले ६५४ दाबी बापत १५ करोड २ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३३ दाबी बापत ९८ लाख ६४ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.१२ गुणा छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री