मंगलबार, ४ वैशाख २०८१

आमिरको एक मजाकका कारण टाढिएकी थिइन् जुही

समयपोष्ट २०७६ कार्तिक २७ गते ११:४४

Advertisement

जुही चावलाको आज जन्मदिन । उनी सन् १९६७ को नोभेम्बर १३ तारिखमा पञ्जाबमा जन्मिएकी हुन् ।

९० को दशककी चर्चित यी नायिकाकी आमा गुजराती बोल्ने महिला थिइन् भने बुवा पञ्जावी । स्कूलको पढाई पूरा गरेपछि उनको परिवार मुम्बई शिफ्ट भएको थियो ।

जुही सन् १९८४ को ‘मिस इन्डिया’ समेत हुन् । जुही चावलाले सन् १९८६ को फिल्म ‘सल्तनत’ मा ‘जरिना’ को भूमिकाबाट बलिउडमा डेब्यू गरिन् । यद्यपि, फिल्म बक्स अफिसमा फ्लप रह्यो ।

सन् १९८८ मा जुहीले करियरको पहिलो हिट हिन्दी फिल्म ‘कयामत से कयामत तक’ मा काम गरिन् जसमा उनीसँग अभिनेता आमिार खानले काम गरे । यो फिल्म व्यावसायिक रुपमा हिट रह्यो । यो फिल्मका लागि जुहीले ‘बेस्ट डेब्यूटेन्ट फिमेल’ को अवार्ड पनि हात पारिन् ।

नीजि जीवनबारे कुरा गर्ने हो भने जुहीको अफेयरको चर्चा नायक आमिर खानसँग पनि गरिएको थियो । तर आमिरको एक मजाकका कारण दुईबीच कुरा अघि बढ्न सकेन । त्यसपछि जुहीको जीवनमा एक ठूलो उद्योगपती जय मेहताको इन्ट्रि भयो ।

जय त्यतिबेला विवाहित थिए । तर एक दुर्घटनामा उनको पहिलो श्रीमती सुजाता बिरलाको मृत्यु भयो । त्यसपछि सन् १९९५ मा जुही र जय मेहताले विवाह गरे । जुही आफ्ना श्रीमानभन्दा सात वर्ष कान्छी छिन् । जुहीले करियरका कारण करिब दुई वर्षसम्म आफ्नो विवाहको खबर लुकाएर राखिन् । तर गर्भवती भएपछि उनले यसबारे खुलासा गरिन् ।

जुही चावलाका दुई सन्तान छन् । उनकी छोरी जान्ह्वी र छोरा अर्जुन लाइमलाइटबाट टाढै रहन्छन् । सोसल मिडियामा पनि उनीहरुको सक्रियता निकै कम देख्न पाइन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री