बुधबार, १२ वैशाख २०८१

प्रभु बैंकको शेयरमूल्य समायोजन

समयपोष्ट २०७६ कार्तिक २६ गते २०:४९

Advertisement

नेप्सेमा प्रभु बैंकको शेयरमूल्य समायोजन भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस शेयर वितरण गर्न मंगलबार बुकक्लोज तोकेपछि बैंकको शेयर मूल्य आज समायोजन भएको हो।

बैंकको शेयरमूल्य प्रति कित्ता २३० रुपैयाँ १७ पैसामा समायोजन भएको हो। त्यस अनुसार मंगलबारको कारोबार खुलेको छ।

कात्तिक १५ गते बसेको बैंकको संचालक समितिको बैठकले मंसिर ६ गते बैंकको केन्द्रीय कार्यालय, बबरमहलमा दिउँको २ बजे अठारौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैठकले सभाका लागि २६ गतेदेखि मंसिर ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो।

साधारण सभाले बैंकको हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतले हुने रकम १ अर्ब ४२ करोड २८ लाख रूपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुने रकम ७ करोड ४८ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख रहेको छ। बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री